दमक/ झापाको दमकमा आज एकैदिन २६ जना कोरोना संक्रमित थपिएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज दमकमा २६ सहित जिल्लामा ६४ जना नयाँ संक्रमित थपिएका हुन ।  दमकमा आज थपिएका संक्रमित मध्ये १२ जना महिला छन । दमकका वडा नं १, २, ३, ४, ५ , ७ , ८ र ९ मा नयाँ संक्रमित थपिएका हुन ।

दमकमा पछिल्लो समय कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएपछि आजैदेखि नगरपालिका कार्यालय र वडा कार्यालयहरु बन्द गरिएको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन । नगरपालिकाले दशैं, तिहार, छैठ लगायतका पर्वहरुमा कोरोना संक्रमण अझै बढन सक्ने खतरा औंल्याउँदै नगरबासीहरुलाई घर घरमै बसेर चाडपर्व मनाउन आग्रह गरेको छ ।  संक्रमणका कारण दमकका नगर प्रमुख रोमनाथ ओली, २ जना वडाध्यक्षहरु र स्वास्थ्य कर्मचारी समेत पीडित छन । संक्रमणका कारण दमकको आम्दा अस्पताल हिजोदेखिनै सिल गरिएको छ ।

Facebook Comments Box