दमक/ अस्पतालमा कार्यरत कतिपय डाक्टर, कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि बन्द रहेको दमक– ७ स्थित ओम मेची अस्पताल भोली आइतबारदेखि सूचारु हुदैछ ।

करिब दुई साता अघिदेखि बन्द रहेको अस्पतालको सेवा भोलीदेखि सूचारु गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल परिसर सेनिटाइज गरेर अपनाउनु पर्ने सबै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भोलीदेखि पुन सञ्चालनमा ल्याइन लागिएको अस्पातलका अध्यक्ष डा. निरञ्जनसिंह बोगटीले जानकारी दिए । प्रसुति महिला रोग विशेषज्ञ डाक्टरहरुको सेवाका लागि स्थापित अस्पतालका रुपमा रहेको सो अस्पतालमा डा. बोगटी, डा. शंकर प्रसाद हुजदार लगायतको टिम छ ।