दमक/झापा दमकका एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । दमक ७ का अन्दाजी ५० बर्षिय ति पुरुषको नोबेल कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार हिजो मात्रै नोबेल अस्पताल पुरयाइएका ति पुरयाइएका उनको कोरोना परिक्षण रिपोर्ट पनि हिजो नै आएको थियो । उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । यससंगै दमकमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ । दशैं शुरु भएयता मात्रै दमकका कोरोना संक्रमित ७ जनाको मृत्यु भएको तथ्याङक छ ।

Facebook Comments Box