दमक/झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले दमकमा मृत्यु भएका एक जना शेयर सदस्यको ४ लाख रुपैया भन्दा धेरै कर्जा मिनाहा गरेको छ ।

सो सहकारीको दमक सेवा केन्द्र अन्तर्गत सदस्य रहेका दमक वडा नम्बर ३ ढुकुरपानीका दिलिप कुमार कार्कीको मृत्यु भएको ९ औं दिनको पुण्य तिथीमा सहकारीको एक टोली कार्कीको घरमै पुगेर कार्कीका नाममा रहेको कर्जा रकम मिनाहा भएको जानकारी गराएको दमक सेवा केन्द्रका व्यवस्थापक सुजन भण्डारीले बताए । संस्थाको नियमानुसार किरिया खर्च बापतको रकम समेत उपलब्ध गराएको बताइएको छ । सहकारीका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलको नेतृत्वमा सहकारीको टोली कार्की निवास पुगेको थियो ।