दमक/झापाको शिवसताक्षी ६ शिवगञ्ज बजार नजिकै कृषि उपज बजारमा पूर्वाधार निर्माण तथा कृषिमा यान्त्रिकरण सम्बन्धिको परियोजनाको डिपीआरका लागि संघिय सरकारले ३५ लाख रुपैया बजेट निकासा गरेको छ ।
शिवसताक्षी नगरपालिका वडा नं ६ संगको साझेदारीमा कृषि तथा पशु पंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्रको सो परियोजनाका लागि चालू आर्थिक बर्षमा सो बजेट निकासा भएको शिवसताक्षी ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए । त्यहा शिवसताक्षी नगरपालिका अन्तर्गत रहेको वृजेश्वर महादेव मन्दिरको स्वामित्वमा रहेको जग्गामा सो सम्बन्धिको विस्तृत परियोजना निर्माण गरिने वडाध्यक्ष कार्कीले बताए ।
यस अघि प्रदेश सरकारले सो वडामा कृषि उपज बजार निर्माणका लागि गत आर्थिक बर्षमा ५० लाख रुपैया बजेट विनियोजन गरेको थियो । सो बजेटबाट हाल कृषि उपज बजार निर्माणको काम धमाधम भइरहेको छ ।
शिवसताक्षी नगरपालिका अधिकांश कृषि उपज हुने खेती योग्य जमिन भएको नगर हो । यहाका किसानहरु मौसमी बालीका अतिरिक्त बेमौसमी तरकारी खेतीमा पनि संलग्न छन । यस क्षेत्रमा व्यवसायिक रुपमै कृषि पेशा अपनाउने किसानहरुको बसोबासो छ ।

Facebook Comments Box