दमक/बुधबार (आज) एकै दिन दमकमा कोरानाका ३७ जना नया संक्रमित थपिएका छन । यो संख्या झापा जिल्लाका अन्य पालिकाहरुको तुलनामा सबैभन्दा धेरै हो ।
दमकमा आज थपिएकाहरु वडा नं १ देखि १० सम्मकै १८ महिला र १९ पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
दमकसहित जिल्लाका अन्य पालिकामहरुमा समेत आज कूल ८५ जना संक्रमित देखिएका छन । उनीहरु मध्ये ४२ महिला र ४३ पुरुष छन । आजै दमकमा थप एक महिलाको मृत्यु भएसंगै नगरमा हाल सम्म संक्रमित मृतकको संख्या २४ पुगेको छ । दमकसंगै आज नया संक्रमित थपिएकाहरुमा विर्तामोडमा १३ र भद्रपुरमा १० जना छन । त्यस्तै कमलमा ६, मेचीनगर र कन्काईमा ४/४ जना नया संक्रमित थपिएका छन ।
पालिका नखुलेका ३ जना, शिवसताक्षी, हल्दिबारी, बुद्धशान्ति , कचनकवल र गौरादहमा एक÷एक जना र अर्जुनधारामा २ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लामा हाल सम्म २ हजार ८ सय ९ जनामा संक्रमण देखिएको छ भने १ हजार ७ सय ३ जना उपचारपछि निको भएका छन ।