दमक/ झापाको गौरादहमा आज कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । गौरादह ७ र ८ का एक÷एक जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाइँले जानकारी दिए ।
उनका अनुसार गौरादह ७ की ७५ बर्षिया बृद्धा र गौरादह ८ का ६३ बर्षिय पुरुषको नोवल अस्पतालमा मृत्यु भएको हो । गौरादहमा आजै थप पाच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै दमकमा थप ७ जनामा संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा कोरोना पुष्टि भएका ७ मध्ये ६ जना महिला र एक जना पुरुष छन ।