दमक/ सताक्षी प्रेस क्लब, शिवसताक्षीको दोस्रो अधिवेशनले सेलिङ केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । उनी सतासी साप्ताहिक खबर पत्रिकाका कार्यकारी सम्पादक हुन । आगामी २ वर्षका लागि केसीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको जनाइएको छ ।


दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको सभाहलमा शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षद्वयमा दिलिप घिमिरे र सरोज भट्टराई, सचिवमा शान्तिराम बस्नेत, कोषाध्यक्षमा आकृति तिम्सिना, सहसचिवमा गोविन ल्वागुनलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा तेजेन्द्र घिमिरे, भगीहाङ नेम्बाङ, पवन चाम्लिङ राई, सोनिका राई, सूर्य कुइकेल, जीवनसिंह राजवंशी रहेका छन् । अर्का एकजना समितिको बैठकले चयन गर्ने बताइएको छ ।
त्यस्तै सल्लाहकार संयोजकमा छबिलाल दवाडी र सदस्यहरुमा पदमप्रसाद दाहाल, डामकुमार कुँवर, चन्द्रप्रसाद खनाल र उदयप्रकाश राई रहने समितिले चयन गरेको हो ।
यसैबीच सताक्षी प्रेस क्लबले स्थापना गरेको मनहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कार पत्रकार अनिलदेव राईलाई प्रदान गरिएको छ । नगद ५ हजार ५ सय ५५ रुपैंया राशि सहित उनलाई सो पुरस्कारबाट सम्मान गरिएको हो । पुरस्कार शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा र नेपाल पत्रकार महासंघ, झापाका उपाध्यक्ष एकराज गिरीले हस्तान्तरण गरेका थिए ।
कार्यक्रमको वन्दसत्रमा आव ०७६÷७७ को आयव्यय अन्तर्गत आयतर्फ ७५ हजार ६ सय २७ रुपैंया र सोही बराबरकै व्यय खर्च सार्वजनिक गरिएको थियो ।
प्रेस क्लबका अध्यक्ष छबिलाल दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन दिलिप घिमिरेले गरेका थिए ।

Facebook Comments Box