दमक/ झापामा कोरोना संक्रमित एक सय जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार आज भद्रपुरका एक व्यक्तिको मृत्युसंगै मृतक कोरोना संक्रमितको संख्या जिल्लामा एक सय पुगेको हो ।
कार्यालयका अनुसार आज भद्रपुर ७ की ६५ बर्षिया एक महिलाको मृत्यु भएको हो । जिल्लाभर हाल सम्म ३२ हजार ६ सय १ जनाको स्वाव संकलन गरि पीसिआर परिक्षण गरिएकोमा ३ हजार ५६६ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये २ हजार ३ सय ५० जना संक्रमित उपचारपछि निको भएका छन ।
यसैबीच आज बुधबार दमकमा ५ महिलासहित कूल ११ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । दमकमा ११ सहित आज जिल्लाभर ९४ जना नयाँ संक्रमित थपिएका हुन । यससंगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ११६ रहेको छ ।

Facebook Comments Box