दमक/ झापाको भद्रपुर ४ नरसिंह बगानबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई भारतिय नागरिक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा भारत बिहार गलगलिया ४ का १९ बर्षीय महमद जबर र सोही ठाउँका ५९ बर्षीय ऐजुब महमद अली रहेका छन ।

बिशेष सुराकका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज विहान ११ बजे नियन्त्रणमा लिएको थियो । उनीहरुसंग ५ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box