दमक/ प्रदेश १ का बिभिन्न स्थानहरुमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
मोरङको ग्रामथान गाउँपालिका १ मा को १ त ८८१३ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा सोही ट्याक्टरका सहचालक बुढिगंगा गाउपालिका –१ का ४० बर्षीय गुरुचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको हो ।
यसैगरी बिराटनगर महानगरपालिका ९ मा को १२ प ३६५ नम्बरको मोटरसाईकल बुद्धचोकमा अचानक दुर्घटना हुँदा मोटरसाईकलमा सवार बिराटनगर १५ की ६० बर्षीया मनकामना झाको मृत्यु भएको छ । हिजो सोमबार भएको दुर्घटनामा घाईते भएकी उनको उपचारका लागि न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा रातीनै मृत्यु भएको थियो ।
त्यस अघि झापाको दमक नगरपालिका ४ तारावारी नजिकै जानकी टोलमा सोमवार दिऊँसो सवा १ बजे मे १ त ६१९६ नम्बरको ट्याक्टरको ठक्करबाट घाइते भएका स्थानीय तुलसी धिमालका ८ बर्षिय छोरा जेनिस धिमालको उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी ईलामको फाकफोकथुम गाउँपालिका ५ थुम्का भिरमा तरकारी बोकेको पिकअप दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सोमवार बेलुका साढे ५ बजे पाँचथरको रवीबाट तरकारी बोकेर ईलाम जाँदै गरेको को २ च १५ नम्बरको पिकअप आफै अनियन्त्रित भई थुम्का भिरबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा माई नगरपालिका ९ का ४० बर्षीय दिनेश लिम्बु र ईलाम नगरपालिका ११ का ३० बर्षीय नबिन तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।