दमक/ झापाको दमकमा आज ( मंगलबार) सम्ममा कोरोना संक्रमितको संख्या १ हजार १ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा चार जना संक्रमित थपिएसंगै दमकमा संक्रमितको संख्या १,१११ पुगेको हो ।
नगरपालिकाको स्वास्थ्य शाखा कुबेर भट्टराईका अनुसार संक्रमित मध्ये ६६० पुरुष र ४५१ महिला छन । ति मध्ये हाल सम्म ३३ जनाले ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा महिलाको संख्या ९ छ । संक्रमित मृतक मध्ये पुरुष २४ जना छन ।

सक्रिय संक्रमितको संख्या दमकमा हाल १३४ रहेको छ । सक्रिय संक्रमित भने पुरुष भन्दा महिलाको संख्या धेरै छ । संक्रमित ७० महिला र ६४ पुरुष उपचाररत रहेका भट्टराईले जानकारी दिए ।  नगरपालिकाद्धारा सञ्चालित कोभिड उपचार केन्द्रमा ३० बेड उपलब्ध छ  । नगरपालिकाले हाल बेलडाँगीस्थित कोभिड उपचार केन्द्रमा शकांस्पद कोरोनाका बिरामीको स्वाव संकलन गर्ने कार्यलाई जारी राखेको छ । मंगलबार एकैदिन ३८ महिलासहित कूल १०५ जनाको स्वाव संकलन गरिएको छ । संक्रलित स्वावको पीसिआर परिक्षणका लागि धरानस्थित वीपि कोराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

Facebook Comments Box