दमक/झापाको गौरीगञ्ज १ महाभारास्थित साना किसान कृषि सहकारी संस्थाले १७ औं बार्षिक साधारण सभाको अवसर पारेर आज शुक्रबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाको कार्यालय परिसरमा आयोजित रक्तदानमा संस्थाका शेयर सदस्य, सञ्चालक समिति, उपसमिति तथा अन्य इच्छुक रक्तदाताहरुले रगत दान गरेका अध्यक्ष तिलक प्रसाद राजवंशीले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको रक्तदानको कार्यक्रममा रेडक्रस सोसाइटी उपशाखा गौरीगञ्जका कैलाश कुमार मास्केको प्रमुख आतिथ्यमा भएको रक्तदानमा २७ पिन्ट रगत संकलन भएको थियो । रक्तदाताहरुलाई संस्थाको तर्फबाट प्रमाण पत्र प्रदान गरिएको बताइएको छ । सो संस्थाले २१ मसिंरदेखि आज शुक्रबार सम्म साधारण सभा सञ्चालन गरेको थियो ।
