दमक/  यसै साता बेलायतबाट स्वदेश फर्किएका अन्तराष्ट्रिय खेलाडी झापा दमकका रोहित राईले झापाको कमलमा रहेको आरम्भ युथ क्लबका खेलाडीहरुलाई खेलकुद सामग्री प्रदान गरेका छन ।

आज कमल –१ स्थित आरम्भ युथ क्लबमा आवद्ध खेलाडी युवाहरुलाई फुटबल, जर्सी लगायत खेलकुद सामग्री प्रदान गरेका हुन ।
राईले स्थानीय युवाहरुको खेलकुद तथा शारिरिक विकासमा सहयोग पुरयाउन प्रदान गरेको १४ सेट जर्सी र फुटबल नेपाली कांग्रेसका जिल्ला सदस्य एवं गाउँपालिका अध्यक्षका प्रत्यासी उम्मेदवार हुकुमसिंह राई, तरुण दल झापा ५ का सहसंयोजक तथा कांग्रेस महाधिवेशन प्रतिनिधि जीवन राई, गौरादह २ का वडाध्यक्ष हेमन्त कार्की लगायत अतिथीहरुले क्लबका उपाध्यक्ष लोक बहादुर खडकासहित खेलाडीहरुलाई हस्तान्तरण गरेका क्लबका सचिव रोशन निरौलाले बताए ।
सो अवसरमा आरम्भ युथ क्लब र नरेन्द्र जनता माविको खेलाडी बिद्यार्थीको टीमबीच मैत्रीपूर्ण फुटबल समेत खेलाइएको थियो । सो खेलका विजेता तथा उपविजेता टिमलाई हौसला स्वरुप राईले नगद पुरस्कार समेत प्रदान गरेका थिए ।

Facebook Comments Box