दमक/ झापामा आज एकैदिन थप २१ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यलय झापाका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरु मध्ये दमकका ४, शिवसताक्षीका ३ , विर्तामोडका ८ जना छन ।
त्यस्तै मेचीनगर, भद्रपुर, कन्काई, बुद्धशान्ति , कचनकवल र झापा गाउँपालिकाका एक/एक जना छन । यससंगै जिल्लामा कूल संक्रमितको संख्या ४ हजार ४२४ पुगेको छ भने उपचारपछि निको हुनेको संख्या ३ हजार ९ सय रहेको छ । आज सम्ममा होम आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ३८९ रहेको छ । त्यसैगरी आज शिवसताक्षीका एक जना पुरुषको मृत्यु भएसंगै संक्रमित मृतकको संख्या १२८ पुगेको छ ।