इटहरी/ सुनसरीको कोशी गाऊँपालिका ८ भण्टावारीबाट अबैध हातहतियार सहित २ जनालाई प्रहरी पक्राउ गरेको छ । हातहतियारको बिक्रिबितरण गर्ने गिरोहका दुई जनालाई पक्राउ गरेको हो । प्रहरी टोलीले स्थानीय ३५ बर्षीय मोहम्मद मुक्तार मिया र २७ बर्षीय सद्दाम मियालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल २ थान, सोही पेस्तोलमा प्रयोग हुने ५ राउण्ड गोली, हतियार ओसार पसारमा निजहरुले प्रयोग गरेको २ थान मोटरसाईकल र २ थान मोवायल समेत बरामद गरेको छ । हातहतियार सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान गर्दै मुलुकी अपराध (संहिता) ऐन २०७४ को हात हतियार खरखजना सम्वन्धी कसुरमा कानुनी प्रकृया अगाढी वढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।