गौरादह/ गौरादहमा कराते खेलका लागि आवश्यक खेल सामाग्री हस्तान्तरण गरिएको छ । गौरादह नगर खेलकुद विकास समितिले कराते खेलकालागि ३ लाख बराबरको खेल सामाग्री हस्तान्तरण गरेको हो ।


गौरादह नगरपालिका वडा नं. १ को सभाहलमा आयोजित कार्याक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष तथा वार्ड नं. २ का वडाध्यक्षसमेत रहेका हेमन्त कार्कीले सितेरियो कराते गौरादह नगर समितिलाई सो रकम बराबरको खेल सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष कार्कीले गौरादहमा कराते खेलको विकास गर्न प्रोत्साहन स्वरुप खेल सामाग्री प्रदान गरिएको बताउनुभयो । उँहाले गौरादह नगरपालिकाले खेलकुदको विकासलाई महत्व दिएर कार्यक्रमहरु गरिरहेको र विभिन्न खेलकुदकालागी आर्थिक सहयोग उपलब्ध गराईरहेको समेत बताउनुभयो ।
कार्यक्रममा समितिका सचिव निर्मल बास्तोलाले नगरमा कराते खेलको आकर्षण बढ्दै गएको र समितिले उपलब्ध गराएका सामाग्रीले खेलाडीहरुको क्षमता अभिवृद्धि हुने विश्वस व्यक्त गर्नुभयो ।

Facebook Comments Box