दमक/ केपी शर्मा ओली नेतृत्वको नेकपाले खेलकुद क्षेत्रमा संगठन विस्तार तिब्र रुपमा अघि बढाएको छ ।
मदन भण्डारी फाउण्डेशनका नाममा संगठन विस्तारमा जुटेको सो समुहले आइतबार फाउण्डेशन अन्तर्गतको मदन भण्डारी स्पोर्टस एकाडेमी गठन गरेको हो । खेलकुदका माध्यमबाट यूवाहरुलाई संगठित र प्रशिक्षित गर्न ओलीको गृह जिल्ला झापामा ओलीद्धारा मनोनित नयाँ केन्द्रिय सदस्यहरु खटिएका छन ।

पूर्व एमालेको पार्टी कार्यालयका रुपमा रहेको रत्नकुमार वान्तवा स्मृति भवनमा सो एकाडेमी गठन गर्न आयोजित भेलामा संविधान सभा सदस्य समेत रहेका मनोनित केन्द्रिय सदस्य दिपक कार्कीको प्रमुख आतिथ्य रहेको थियो । सो भेलामा अर्का मनोनित केन्द्रिय सदस्य होम बहादुर थापा र अम्बिका खनालको आतिथ्यमा भएको भेलाले लोकेश न्यौपानेको अध्यक्षतामा मदन भण्डारी स्पोर्टस एकाडेमी गठन गरेको हो । सो एकाडेमीको उपाध्यक्षमा खेम बराल, सचिवमा सुरेश भण्डारी , सहसचिवमा प्रविन पाठक र कोषाध्यक्ष जमुना निरौला अधिकारी रहेका छन ।  सो अवसरमा यूवा संघ झापाका संयोजक शम्भु भण्डारी, बोधराज न्यौपाने , गणेश बस्नेत, इन्द्र गुरुङ, राजकुमार थापा दिपेस दाहाल, सन्तोष दुलाल, डम्बर अधिकारी, राजकुमार थापा लगायतको पनि विशेष उपस्थिती रहेको थियो ।
मदन भण्डारी फाउण्डेशन झापा जिल्ला सदस्य भिमराज केसीको अध्यक्षतामा भएको सो भेलाको सञ्चालन यूवा संघ नेपाल दमक नगर अध्यक्ष राम पौडेलले गरेका थिए । यस अघि गौरादह र शिवसताक्षीमा पनि सोही किसिमको स्पोर्टस एकाडेमी गठन भइसकेको छ ।

Facebook Comments Box