दमक/ दमकको सहकारी क्षेत्रमा अलग पहिचान बनाएको दमक ८ स्थित कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको आगामी कार्यकालका लागि पुनः मणिकुमार भण्डारीको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ ।

संस्थाका प्रमुख व्यवस्थापक निलकण्ठ निरौलाले संस्थामा भएको निर्वाचन कार्यक्रम अनुसार भण्डारीको अध्यक्षतामा सञ्चालक समिति र गंगा प्रसाद संग्रौलाको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको हो । संस्थाको उपाध्यक्षमा भरतकुमार चम्लागाइँ, सदस्यहरुमा विमल निरौला, इन्द्र प्रसाद खनाल , कृष्णराज थापा , लोकनाथ अधिकारी, चेतनाथ रिजाल, निर्मला आचार्य, हेमकुमारी कोइराला , कल्पना राई र पुण्यप्रसाद नेपाल निर्विरोध निर्वाचित भएका छन ।
त्यसैगरी संग्रौलाको संयोजकत्वमा रहेको लेखा सुपरिवेक्षण समितिका सदस्यहरुमा नरेन्द्र दाहाल र सुशीला गौतम निर्वाचित भएका व्यवस्थापक निरौलाले जनाएका छन ।