दमक/  झापा कमल ५ स्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयनका लागि आज भएको निर्वाचनको मतगणना शुरु भएको छ ।
संस्थाको कार्यालयमा आज सोमबार सम्पन्न भएको मतदानपछि साँझ ६.१० बजेदेखि मतगणना शुरु भएको निर्वाचन अधिकृत जिवराज भट्टराईले जानकारी दिए । उनका अनुसार आज भएको निर्वाचनमा कूल ३७२ शेयर सदस्य ( मतदाता) मध्ये ३३८ जनाले मतदान गरेका छन । संस्थाको सञ्चालक समिति उपाध्यक्षमा उषा भण्डारी, कोषाध्यक्षमा रोशन दाहाल र लेखा समिति संयोजकमा प्रेम दुलाल निर्विरोध भएका निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए । संस्थाको अध्यक्ष १ पदका लागि दुई जना ( बालकृष्ण गौतम र सन्तकुमार राइ) सहित एक जना सचिवका लागि दुई र अन्य ६ जना सञ्चालक सदस्यका लागि १२ जना र २ जना लेखा सदस्यका लागि ४ जनाको चयनका लागि आज मतदान भएको जनाइएको छ ।

Facebook Comments Box