दमक/ झापा कमल ५ स्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयनका लागि आज भएको निर्वाचनको प्रारम्भिक मतगणनाको परिणाम सार्वजनिक भएको छ । १०० मतगणनाको सार्वजनिक मत परिणाम अनुसार अध्यक्ष पदमा सन्तकुमार राई ७८ मत ल्याएर अग्रस्थानमा छन । उनका प्रतिद्धन्द्धी बालकृष्ण गौतमले २१ मत पाएका छन । त्यस्तै सचिव पदमा सञ्जय कुमालले ६६ मत ल्याएर अग्रता लिएका छन उनका प्रतिद्धन्द्धी शुकराज लिम्बुले ३३ मत ल्याएका निर्वाचन अधिकृत जिवराज भट्टराईले जानकारी दिए ।
आज साँझ ६.१० बजेदेखि मतगणना शुरु भएको हो । आज भएको निर्वाचनमा कूल ३७२ शेयर सदस्य ( मतदाता) मध्ये ३३८ जनाले मतदान गरेका छन । संस्थाको सञ्चालक समिति उपाध्यक्षमा उषा भण्डारी, कोषाध्यक्षमा रोशन दाहाल र लेखा समिति संयोजकमा प्रेम दुलाल निर्विरोध भइसकेका छन ।