दमक/  झापाको दमकसंगै जोडिएको कमल ५ स्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।
गएराती सम्पन्न मत परिणाम अनुसार संस्थाको अध्यक्षमा शान्ताकुमार विजयी भएका निर्वाचन अधिकृत जीवराज भट्टराईले जानकारी दिए । अध्यक्ष पदका अर्का प्रत्यासी बालकृष्ण गौतमलाई फराकिलो मतान्तरले पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन ।
राईले २४९ मत पाएका थिए भने उपिवजेता गौतमले ८४ मत पाएका थिए । सचिव पदमा सञ्जयकुमार कुमालले २२१ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्धन्द्धी सुखराज लिम्बुले ११० मत पाएका छन । उपाध्यक्षमा उषा भण्डारी , सहसचिवमा विनय श्रेष्ठ , कोषाध्यक्षमा रोशन दाहाल र लेखा समिति संयोजकमा प्रेम दुलाल  निर्विरोध निर्वाचित भएका छन । सञ्चालक समिति सदस्यहरुमा कविता गुरुङ, ओमकुमार प्रधान, चन्द्रबहादुर कार्की , पिताम्बर खडका, रणबहादुर बराइली र भक्तबहादुर कार्की तथा लेखा सदस्यद्धयमा संस्थाको कार्यालयमा सोमबार सम्पन्न भएको मतदानको मतगणना मध्यरातमा सकिएको थियो ।

Facebook Comments