काठमाडौं/ न्यानोका लागि बालिएको हिटरबाट आगलागी हुँदा काठमाडौको कलङ्की, खड्का गाउँमा एक बृद्धको जलेर मृत्यु भएको छ । जाडो छल्न विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिटर बालेर सुतेकै बेला विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको भनाई छ । खड्काको छाती, पेट र ढाड पुरै जलेको छ । घरमा रहेका अरु मानिसले जलेको गन्ध आएपछि मात्रै थाहा पाएका थिए । थाहा पाउँदा खड्काको ज्यान गइसकेको पाइएपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए ।

Facebook Comments Box