दमक/झापाको कमल ५ स्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको सोमबार निर्वाचित नयाँ सञ्चालक समितिलाई प्रमाण पत्र प्रदान गर्दै पद तथा गोपनियताको सपथ ग्रहण समेत गराइएको छ ।


सोमबार राती सार्वजनिक भएको मतपरिणाम अनुसार निर्वाचित अध्यक्ष सान्ताकुमार राई ( सन्तु) नेतृत्वको सञ्चालक समितिलाई निर्वाचन समितिले पद तथा गोपनियताको सपथ ग्रहण गराएको हो ।
सोही अवसरमा निवर्तमान अध्यक्ष बालकृष्ण गौतमले नवनिर्वाचित अध्यक्ष राईलाई पद हस्तान्तरण समेत गरेका छन । अध्यक्ष राईसंगै नवनिर्वाचित सञ्चालक समिति र लेखा समितिका संयोजक तथा सदस्यहरुले पनि आजैदेखि पदभार ग्रहण गरेका छन । उनीहरुलाई निर्वाचन समिति संयोजक जीवराज भट्टराईले पद तथा गोपनियताको सपथ गराएका थिए । हिजो भएको निर्वाचनबाट अध्यक्षमा बालकृष्ण गौतमलाई फराकिलो मतान्तरले हराउँदै सान्ता कुमार राई विजयी भएका थिए ।
उपाध्यक्षमा उषा भण्डारी ( निर्विरोध) सचिवमा सञ्जयकुमार कुमाल ( निर्वाचित) , सहसचिवमा विनय श्रेष्ठ ( निर्विरोध) र कोषाध्यक्षमा रोशन दाहाल ( निर्विरोध) निर्वाचित भएका थिए । त्यसैगरी लेखा समिति संयोजकमा प्रेम दुलाल (निर्विरोध), सञ्चालक समिति सदस्यहरुमा कविता गुरुङ ओमकुमार प्रधान , चन्द्रबहादुर कार्की, पिताम्बर खडका, रणबहादुर बराईली  र भक्तबहादुर कार्की तथा लेखा सदस्यद्धयमा रेवत गुरुङ निर्वाचित  भए भने   संगिता गुरुङ निर्विरोध भइन   ।

Facebook Comments