दमक/ झापाको दमकमा आज (शुक्रबार)देखि प्रदेश एकको पालिकास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।
दमक नगर भलिबल संघको आयोजनामा दमक २ स्थित हिमाबिको खेलमैदानमा शुरु भएको प्रतियोगिताको उदघाटन गरिएको छ ।
दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा अधिकारी र भलिबल संघका १ नम्बर प्रदेश समिति सचिव लेखनाथ शर्माले संयुक्त रुपमा प्रतियोगिताको उदघाटन गरेका छन ।


सो अवसरमा पूर्व राष्ट्रिय खेलाडी तथा उर्लाबारी ७ का वडाध्यक्ष बिरबल थापाले पनि शुभकामना मन्तव्य राखेका थिए ।
दमक नगर भलिबल संघका अध्यक्ष तेजु धिमालको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा दमक १० का वडाध्यक्ष बोधराज न्यौपाने, दमक उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजकुमार योङया, हिमालय माविका प्रधानाध्यापक ओम आचार्य, पूर्व राष्ट्रिय खेलाडी शैलेन्द्र श्रेष्ठ, देवदर्शन कृषि सहकारी संस्थाका अध्यक्ष राजकुमार खडका लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको विशेष उपस्थिती रहेको थियो ।
प्रतियोगिताको पहिलो दिन आज ६ वटा खेलहरु भएका छन । आज भएको पहिलो खेलमा दमक नगरपालिकाले उर्लाबारी नगरपालिकाको टिमलाई जितेको छ । लेटाङलाई भद्रपुरले , मिक्लाजुङलाई विर्तामोडले , कमललाई बाह्रदशीलाई , मेची नगरले कन्काईलाई र चुलाचुलीले शिवसताक्षी नगरको भलिबल टिमलाई पराजित गरेका छन । भोली ( शनिबार) पनि विभिन्न १२ वटा टिमबीच ६ वटा खेल हुनेछन । भोली प्रतियोगिताको दोश्रो चरण समेत हुनेछ ।
प्रतियोगितामा एक नम्बर प्रदेश अन्तर्गतका कूल १७ वटा भलिबल टिमको सहभागिता छ । सो प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार, दोश्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाण पत्र जित्ने छन ।

Facebook Comments