दमक/झापाको झापा गाउँपालिकामा सन्थाल नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
झापा ७ मा रहेको सन्थाल समाजले स्थानीय जनकल्याण मावि मदरगाछको खेल मैदानमा आयोजना गरेको प्रतियोगिताको उदघाटन स्थानीय दिप ज्योती क्लबका अध्यक्ष डिल्लीराम चुडालले गरेका छन । प्रतियोगिताका विजेतालाई २५ हजार,उपविजेतालाई १५ हजार नगद तथा ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक सन्थाल समाजका अध्यक्ष नरेश मुर्मुले जानकारी दिए ।

प्रतियोगितामा जिल्लाभरका १६ टिमको सहभागीता रहनेछ । माघ १७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हाइस्कोरर र म्यान अफ द म्याचलाई समेत पुरस्कृत गरिने जनाइएको छ ।
राजगढ र आयोजक विजयी
यसैबीच आज शनिबार भएको उदघाटन खेलमा बाह्रदशी गाउँपालिका राजगढ र आयोजक टिम विजयी भएका छन । राजगढ र भद्रपुर नगरपालिका बिच भएको पहिलो खेलमा राजगढले १–० को गोल अन्तरले भद्रपुरमाथि जित हासिल गरेको थियो ।

राजगढका ११ नम्बर जर्सीका अर्जुन मुर्मुले एक गोल गरेर जित दिलाएका थिए । त्यस्तै आयोजक र कचनकवल गाउँपालिका दल्की बिच भएको दोस्रो खेलमा आयोजकले कचनकवललाई ४–० को भारी गोल अन्तरले हराएको छ । आयोजक टिमका जर्सी नं १२ का अर्जुन सोरेनले २ गोल,जर्सी नं १९ का नवीन मुर्मुले १ गोल र जर्सी नं २२ का उमेश मुर्मुले १ गोल लगाउदै कचनकवललाई पराजित गरेको थियो ।