दमक/ झापाको दमक ९ मा तीन दाजुभाईले १२ करोड बढीको लागतमा एक उद्योग सञ्चालनमा ल्याएका छन ।
कोरियन प्रविधिको प्रयोग गरी एक बर्ष अघिदेखि सञ्चालन गरिएको सिरक डसना बनाउने उद्योग खोलेपछि बजारमा त्यस्ता ( न्यानो) कपडाको आपूर्ति सहज हुनका साथै ठुलो संख्यामा स्थानीयले रोजगारीको अवसर पाएका छन ।
लक्ष्मी प्रसाद सिटौला, नारायण सिटौला र केशव सिटौलाको लगानी रहेको फिदर कम्फुटर म्यानुफ्याक्चर्स प्रालिले त्यहाँको १५ कठठा जग्गामा स्थापना गरेको सिरक, डसना र कम्बल बनाउने उद्योग प्रदेश एककै ठुलो भएकोे सञ्चालकहरुको दाबी छ । सिटौला दाजुभाई एकताका अलग अलग समयमा बैदेशिक रोजगारीका लागि अलग अलग ठाउँमा गएका थिए । सञ्चालक मध्येका उद्योगी लक्ष्मी प्रसाद सिटौलाले निष्कर्ष न्यूजसंगको कुराकानीमा एक बर्ष अघिदेखि सञ्चालनमा आएको सो उद्योगले स्थानीय ६०–६५ जनाले रोजगारी दिइरहेको बताए ।


कोरियन प्रविधि मार्फत निर्माण गरिने सिरक , डसना , कम्बल, सिरानी जस्ता अनिवार्य आवश्यकताका बस्तुहरुको बजारमा अभाव र बेरोजगार जनशक्तिलाई हेरेर स्वदेशमै केही गरौं भन्ने उद्धेश्यले उद्योग स्थापना गरिएको सिटौलाले बताए । उद्योगमा रोजगारीको अवसर पाउनेमा महिला धेरै छन ।
१२ करोड जति लगानी रहेको उद्योगमा करिब ५ करोड मुल्य बराबरको सामान स्टक रहेको कम्पनीले जनाएको छ ।

उद्योग स्थापनाका लागि कम्पनीका सञ्चालकहरुले २ बर्ष अघिदेखिनै अध्ययन अनुसन्धान गर्दै आएका थिए । सिटौला दाजुभाईलेनै विदेशमा देखे जानेको कुरालाई स्वदेशमा उपयोग गर्ने सोच बनाएर स्थापना गरेको सो उद्योगमा दैनिक ८ सय वटा सिरक, डसना बन्ने गरेका छन । यहाँको उत्पादन स्थानीय बजारसंगै पश्चीममा कैलाली, दाङ, पोखरा, सुर्खेत लगायतका ठाउँ सम्म पुग्ने गरेको छ । गर्मीको समयमा तयारी गर्छौं, जाडो शुरु भएपछि बजारमा जान्छ – सञ्चालक लक्ष्मीप्रसादले भने । आफनो उत्पादनमा गुणस्तरीयताकै कारण उद्योग स्थापनाको एक बर्षमा नै बजारमा ठुलो हिस्सा ओगटन सफल भएको कम्पनीको भनाई छ । उद्योगले सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आएको जनाइएको छ ।

Facebook Comments Box