दमक/राजवंशी महिला समुदायकी प्रथम महिला चिकित्सक भई स्वास्थ क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै डा. लिली राजवंशीलाई सम्मान गरिएको छ ।
मुलधार महिला सेवा केन्द्र उदयपुरले ‘चेलिबेटी सशक्तीकरण सम्मान २०७७’ बाट डा. राजवंशीलाई आज मंगलबार सम्मान गरेको हो ।

मुलधार महिला सेवा केन्द्र उदयपुरको तेस्रो राष्ट्रिय वेटी सम्मेलन २०७७ हेटौडामा सम्पन्न कार्यक्रममा बाग्मती प्रदेशका मुख्य मन्त्री मा. डोरमणी पौडेलले राजवंशी समुदायको प्रथम महिला चिकित्सक भई स्वास्थ्य क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै प्रशंसा गरे ।
समानता, समावेशी र मानवअधिकारका लागि आसनमा महिला, भाषणमा महिला, शासनमा महिला, महिला लैङ्गिक विभेद र बालिका बलात्कार गर्नेलाई फाँसी देउ भन्ने मुल नाराका साथ हिमाल, पहाड र तराईका ३ दिने चेलीवेटी सशक्तीकरण राष्ट्रिय सम्मेलन माघ २७, २८ र २९ गते सम्म हेटौडामा सञ्चालन हुने जनाईएको छ ।
डा. राजवंशीले स्वास्थ्य क्षेत्रमा १५ हजार भन्दा बढी नागरिकको सफलता पुर्वक शल्यक्रिया गरेकी छन् । डा . लिलीले आदिवासी जनजाती अतिसिमान्तकृत राजवंशी महिलामा पहिलो पटक एम.वि.वि.एस र एमडी गरेकी हुन् ।