दमक/झापा कमल ७ रंगपुरमा २०५६ सालदेखि सञ्चालित इभरग्रीन अंग्रेजी माबिले आगामी शैक्षिक सत्रदेखि नयाँ आधुनिक भवनमा पठनपाठन सञ्चालन गर्ने तयारी गरेको छ । सो क्षेत्रमा नै अंग्रेजी माध्यमको पठनपाठनका लागि अभिभावकहरुको आकर्षणको केन्द्र बन्दै गएको इभरग्रीनले सरल र सहज ढंगबाट पूर्ण मन्टेश्वरी तथा बालमैत्री कक्षा सञ्चालन गर्दै आएको छ ।
बिद्यार्थीका लागि बुझाई र सिकाईमा प्रयोगात्मक कक्षालाई जोड दिइएको बिद्यालयका सञ्चालक दमक –१ का युवा व्यवसायी रुपक सापकोटाले बताए । परिवर्तित समय अनुसार समायनुकुल प्रविधि र विभिन्न प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्दैछौं– सञ्चालक सापकोटाले भने ।


स्थापनाकालमा एउटा काठको घर भाडामा लिएर सञ्चालन गरिएको सो बिद्यालयमा पछिल्लो समय बर्षेनी व्यवस्थित पूर्वाधारहरुको बिकास गर्ने क्रममा यो बर्ष थप भवन निर्माण सम्पन्न गरी आउँदो शैक्षिक सत्रदेखि अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने आफूहरुको लक्ष्य रहेको बिद्यालय प्रशासनले जनाएको छ ।
हाल करिब ३५० विद्यार्थी संख्या रहेको सो बिद्यालय सतप्रतिशत उत्कृष्ट अंक ल्याई विद्यार्थी उतीर्ण गर्न गराउन सफल बिद्यालय हो । मन्टेश्वरी कक्षादेखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको सो बिद्यालयमा पोशाकदेखि शारीरिक अभ्यास, खेलकुद ,नृत्य क्लास , सरसफाइ जस्ता बिद्यार्थीहरुको चौतर्फी विकासका लागि अतिरिक्त कृयाकलापहरु सञ्चालन गर्दै आएको छ भने यो बर्षदेखि बिद्यार्थीहरुलाई स्विमीङको अभ्यास समेत गराइने जनाइएको छ । बिद्यालयमा सिसी क्यामरा जडान गरेर प्रत्येक कक्षाकोठाको मनिटरिङ सिसी क्यामराको माध्यमबाट गरिने सञ्चालक सापकोटाले बताए । । बिद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गर्दै ग्रामिण भेगमा सञ्चालित यस बिद्यालयले यातायातको सुबिधा प्रदान गर्नुका साथै कम्पाउड भित्रै स्विमीङ पुल निर्माण गरेको छ । दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरुले बिद्यार्थीहरुको पठनपाठनमा सहजीकरण गर्दै आएका छन । सो बिद्यालयमा हाल गौरादह नगरपालिका र कमल गाउँपालिकाका विद्यार्थी पठनपाठन गर्दै आएका छन ।

Facebook Comments Box