दमक/ दमक १ स्थित चुलाचुली अंग्रेजी माविकी छात्रा प्रनिसा नेपालले माङसेबुङमा सम्पन्न पवित्राहाङमा च्याम्पियनसीप कराँते प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन । आत्मा पवित्रा स्पोर्टस कमिटी माङसेबुङ इलामले आयोजना गरेको प्रतियोगिता अन्तर्गत ५० केजी तौल समुहबाट उनले स्वर्ण पदक जित्न सफल भएकी हुन ।


हालै सम्पन्न सो प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्न सफल भएकोमा बिद्यालयले उनलाई आज (बुधबार) सम्मानसहित बधाई ज्ञापन गरेको छ । बिद्यालयका प्रिन्सिपल चन्द्रप्रकाश राईले पढाईसंगै अतिरिक्त कृयाकलापहरुमा प्रनिसाले एकपछि अर्को गर्दै प्राप्त गरेको सफलता प्रशंसनिय रहेको बताए । प्रनिसाले यस अघि भारतको कलकतासहित विभिन्न संघ संस्थाद्धारा विभिन्न तहमा आयोजना गरिएका प्रतियोगिताहरुमा पनि उच्च स्थान ओगटदै आएकी छिन ।

Facebook Comments Box