दमक/ मोरङ र सुनसरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङ ग्रामथान २ का ४५ बर्षीया रम्वादेवी महतोको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।
बुधबार दिउँसो सवा २ बजे बुढीगंगा २ स्थित राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १–०२–००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स अनियन्त्रित भई पैदलयात्री रम्वादेवीलाई ठक्कर दिँदा गम्भिर घाईते भएकी थिईन् । घाईते रम्वादेवीको विराट मेडिकल कलेज बुढिगंगामा उपचारको क्रममा आज बिहान पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यसैगरी सुनसरी रामधुनी ३ का २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ । बुधबार राती पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१प ३१४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक चौधरी गम्भिर घाईते भएका थिए । घाईते चौधरीको बिराट नर्सिङ होममा उपचारको क्रममा गएराती साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Facebook Comments