दमक/ मोरङको उर्लाबारी ४ भद्रामारीमा शनिबार (आज) राती करिब साढे ७ बजे पानी बोकेको गाडीले स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उर्लाबारी ८ सिसौलीका २३ बर्षिय प्रदिप धामी र २२ बर्षिय सुदिप भुजेल रहेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक उद्धव पोखरेलले जानकारी दिए । प्रहरीका अनुसार करिब साढे ७ बजेको समयमा पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सो ठाउँमा को ३१ प ५१ नम्बरको स्कुटरलाई पानी बोकेर आएको प्र.१–०१–००१ १०३५ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटरमा रहेका धामी र भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनाग्रस्त सवारी