डुँडामारी / शिवसताक्षीस्थित श्री बिरेन्द्र कृषि सहकारी संस्थाको नेतृत्व चयन गर्दै तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा पुनः मोहन शेर्मा चयन भएका छन ।


त्यसैगरी उपाध्यक्षमा भिम कुमारी खड्का, सचिबमा सन्दिप शेर्मा, सदस्यहरुमा रोमन लाम्गादे ,दिलकुमर शेर्मा ,लक्ष्मी शेर्मा , छिरिङ लामा ,रुपध्वज श्रेस्ठ ,सितकुमरी भुजेल ,चन्द्रकला भट्टराई ,गङ्गा सेम्बु सर्वसम्मत चुनिएका छन । ३ बर्ष अघि शिबसताक्षी ८ स्थित डुँडामारीमा स्थापना भएको सो संस्थाले निर्बाहमुखी कृषि प्रणालीलाई ब्यबस्थित गरि आधुनिक प्रणाली बाट कृषि क्षेत्रलाई बिकास गर्ने उद्धेश्य राखेको अध्यक्ष शेर्माले बताए ।
८ नम्बर वडा सदस्य सीता रोक्काको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा अध्यक्ष शेर्माले प्रस्तुत गरेको प्रतिवेदनमा जनाइए अनुसार ३२लाख ९४ हजार चुक्ता पूंजी , कर्जा लगानी २८ लाख पचास हजार रहेको छ संस्थामा बार्षिक ३७ लाख २३ हजर ९६ रुपैयाको कारोबार भएको पनि बार्षिक प्रतिबेदनमा उल्लेख छ । त्यसैगरी अध्यक्ष शेर्माले प्रस्तुत गरेको प्रतिवेदनमा आउँदो अर्थिक बर्ष ०७७÷०७८मा कृषि मलको बिक्रि बितरण गर्ने, कृषि बिउ बिजनको बिक्री बितरण गर्ने ,आधुनिक कृषि खेतीको सुरुवात गर्ने र आधुनिक कृषि औजार प्रयोगमा ल्याउने उल्लेख गरिएको छ । सो सभाले जसकुमार तामाङ्गको संयोजकत्वमा ३ सदस्य लेखा समिति पनि चयन गरेको छ भने दलकुमार शेर्माको सम्योजकमा सल्लाहकार समिति चयन गरेको छ । सो कार्यक्रमको सञ्चालन संस्थाका सचिब सन्दिप शेर्माले गरेका थिए ।

Facebook Comments Box