काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले निम अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड पाएका छन । 
प्रधानमन्त्रीले गरेको ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि निम अवार्ड पाएका हुन । अवार्डका तर्फबाट ओलीलाई प्रमाणपत्र प्रदान गर्न निर्देशक मोहन निरौला, मनोज भेटवाल लगायत बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीको रचना, युवा संघका नेता रमेश पौडेलको संयोजनमा तयार भएको हो । उक्त गीतमा मेलिना राई र शान्तिराम राईको स्वर तथा संगीत छ ।