दमक/  इटहरीमा जारी स्वर्गीय गिरिजा प्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा दमक नगरपालिकाले स्थान सुरक्षित गरेको छ ।  आइतबार सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा इटहरी उपमहानगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै दमक नगरपालिकाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

दमक नगरपालिकाले अब सेमिफाइनलमा चैत्र–१८ गते सुनसरीको इनरुवा नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । दमकको जितमा किस्मत लिम्बुले २ गोल गरेका थिए । उनले खेलको ५२ औं र ७३ औं मिनेटमा गोल गरेका थिए । सो खेलको म्यान अफ द म्याच २ गोल गरेका लिम्बु नै घोषित भए ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले नगद ३ हजार सहित टफी प्रदान गरे । इटहरीका लागि एक मात्र गोल निकेश तामाङले गरेका थिए । प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले २ लाख उपबिजेतालाई १ लाख पुरस्कार पाउने छन् ।

 

Facebook Comments Box