दमक/दमक नगरपालिका इटहरीमा जारी स्वर्गीय गिरिजा प्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधवार भएको पहिलो सेमिफाइनल खेलमा सुनसरीको इनरुवा नगरपालिकालाई ५–३ गोल अन्तरले पराजित गर्दै दमक नगरपालिकाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
दमकका लागि माल्दिना आंगपुचोले ह्याट्रिक गरे । उनले खेलको २४ औ, ५० औ र ७५ औ मिनेटमा गोल गरेका थिए । दमकका तर्फबाट खेम पोखरेल र सञ्जय धिमालले पनि एक/ एक गोल गरे । पोखरेलले खेलको ४ औ मिनेट र पोखरेलले ५० औ मिनेटमा गरेका थिए ।
इनरुवाका लागि अभिषेक कालिकोटेले २ गोल र सिसम चौधरीले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच ह्याट्रिक गरेका दमकका माल्दिना आंगपुचो घोषित भए । उनलाइ प्रमुख अतिथि तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले नगद ३ हजार सहित ट्रफी प्रदान गरे ।
भोलि बिहिबार धरान उपमहानगरपालिका र विराटनगर महानगरपालिका बिच अन्तिम सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।

 

 

Facebook Comments Box