दमक/ दमक –६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले ५ औ बाल उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय कस्मिक पार्टी प्यालेसमा शनिवार एक कार्यक्रम गरि अघिल्ला बर्षझै यसवर्ष पनि बाल उत्प्रेरणा कार्यक्रम गरिएको सचिव दिलिप जवेगुले जानकारी दिए ।
फाल्गुनन्द साकोसले सधैका बर्षहरु झै यसवर्ष पनि बाल बचतकर्ता बालबालिकाहरुको सहभागितामा बाल उत्प्रेरणा सम्बन्धी विभिन्न कार्यक्रमहरु गरेको उनले जनाएका छन ।

संस्थाका संस्थापक अध्यक्ष मेहेरमान लिङदेनको प्रमुख उपस्थितिमा भएको सो कार्यक्रममा बालबालिकाहरुवीच प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गरिएको थियो । जसमा नृत्यतर्फ प्रथम समिक्षा भण्डारी ,दोस्रो मन्दिरा तामाङ र तेस्रो स्वीकृति कोईराला भइन् । त्यस्तै संस्थामा उत्कृष्ठ कारोवार गर्ने दुई जना शेयर सदस्यसहित कक्षा १२ उत्तीण गर्ने छात्रातर्फ चिनो लिङ्देन, छात्रा सास्वत राई जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा बिरबहादुर लाओति ,सानुमाया लाओती, टेकनाथ अधिकारी र बिना सुब्बाले स्वागत गीत प्रस्तुत गरेका थिए । बिभिन्न मनोरन्जनात्मक खेलतर्फ तातो आलु खेलमा एलिस राई प्रथम, सक्षम भण्डारी दोश्रो, बेलुन फुलाउने खेलमा प्रथम चेसुङ लिङ्देन दोस्रो खुशी थेबे , बेलुन फुटाउने खेलमा प्रथम रिन्जिन तामाङ ,दोस्रो सुपृम राई ,रुमाल टिप्ने खेलमा प्रथम ओसामी आङदेम्बे ,दोस्रो सिकुम लिम्बु पुरस्कृत भईन् । कार्यक्रममा सहभागि बालबचतकर्ताहरुलाई खुत्रुक्रे प्रदान गरि सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष संकल्प लिङदेन ( पदम ) को अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटनमा संस्थाका उपाध्यक्ष महेन्द्र चाम्लिङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी लेखा प्रमुख प्रतिमा राई, आइतरानी सुनुवार र उषा लम्सालले गरेकी थिइन् ।
बालउत्प्रेरणा कार्यक्रममा संस्थाका सञ्चालक ,शेयर सदस्य,कर्मचारीहरु गरि आठ सय बढीको उपस्थिति रहेको थियो ।