दमक/याक्थुङ साहित्य प्रतिष्ठानको प्रथम अधिबेशनले साहित्यकार सेसेमी से नाल्बो लिम्बू को अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शनिबार दमकमा सम्पन्न प्रतिष्ठानको प्रथम अधिबेशनले नाल्बोको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा गुमानसिं सङबाङ्फे, महासचिवमा मुसाहाङ अम्याङसा, सचिबमा रचना लाओती, कोषाध्यक्षमा भुवानीप्रसाद थेगिम तथा सदस्यद्वयमा बिष्णु केरुङ र राजकुमार आङदेम्बे सर्वसम्मत चयन भएका छन् ।
पत्रकार लाओतीलाई सम्मान, साहित्यकारद्धय पुरस्कृत
प्रत्येक २/२ बर्षमा लिम्बू भाषा साहित्य कलामा कृयाशिल याक्थुङ हस्तीहरुलाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको पुरस्कारहरु अन्तरगत ‘याक्थुङ साहित्य पुरस्कार –२०७८’ द्वारा अर्जुनधारा ७ का लिम्बू साहित्यमा कलम चलाउने साहित्यकार नवल फाइबालीलाई नगद पाँच हजार सहित सम्मान पत्रबाट सम्मानित भएका छन् ।
यसरीनै ‘दिल बहादुर मुसाहाङ स्मृति पत्रकारिता पुरस्कार २०७८’ द्वारा पान्थर मिक्लाजङ ५ कुरुम्बा निवासी हाल दमक १ झापामा बिगत २ दर्शक यता पत्रकारितामा सक्रिय लिम्बुवान खबर डटकमका प्रधानसम्पादक दिल कुमार लाओतीलाई नगद पाँच हजार सहित सम्मान पत्रबाट सम्मानित भएका छन् ।
यस्तै ‘गुमान सिंह लाओती स्मृति गीतकार पुरस्कार २०७८’ द्वारा ताप्लेजुङ सिदिङबा साप्लाखुमा जन्म भई हाल कमल गाउँपालिका ३ केर्खामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार प्रेम पङ्धाकलाई नगद तीन हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।

दमक नगरपालिका १ का वडाध्यक्ष तारा प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार सुमित्रा वाङदेल चेली, दुर्गा नेम्बाङ लुङा, दमक बहुमुखी क्याम्पस प्राध्यापक राधिका ओझा, निर्देशक तथा कलाकार राजकुमार आङदेम्बे, कियाचु नगर समिति अध्यक्ष देबेन्द्र चेम्जोङ, लुङधुङ टोल अध्यक्ष याम राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
याक्थुङ साहित्य प्रतिष्ठानका अध्यक्ष सेसेमी से नाल्बोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गुमानसिंह सङबाङफे र सञ्चालन सचिव मुसाहाङ अम्याङसाले गरेका थिए ।