दमक/ पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमित र मृतक दुवैको संख्या उच्च भएको छ । पिसिआर परिक्षण गर्दा थप ३ हजार ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ३ लाख ११९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ४५० जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ७७ हजार ५७३ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । आज आइतबार अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ ।
आज थप २८ को कोरोना संक्रमणबाट मृत्यु भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १ पुगेको छ ।