दमक/  संघ र प्रदेश तहको निर्वाचनपछि झापा क्षेत्र नं ४ मा भौतिक पूर्वाधारको बिकासले फडको मारेको छ । जिल्लाको मध्य तथा अधिकांश भुभग राजमार्गको दक्षिण क्षेत्रमा पर्ने यस क्षेत्रका कन्काई र शिवसताक्षी नगरपालिका तथा गौरादह नगरको एउटा वडा ( साविक बैगुन्धुरा) र गौरीगञ्ज गाउँपालिकाका २ वटा वडा ( साविक महाभारा र कोरोबारी)मा पछिल्लो समय भौतिक पूर्वाधारको बिकासले फडको मारेको हो ।


झापा क्षेत्र नं ४ का संघीय सांसद एलपी साँवाको पहलमा यस क्षेत्रका मुख्य मुख्य सडकहरु धमाधम कालोपत्रे भइरहेका छन ।
भारतीय सीमा र भारतीय बोर्डर ( उत्तर दक्षिण) जोडने सडकको स्तरोन्नतीले यहाँको पूर्वाधार बिकास अपेक्षाकृत रुपमा बढिरहेको संकेत गर्दछ ।
सुरुङगाबाट शरणामती , झापा बजार हुँदै भारतीय बजार दिंगलबैंक सम्म जोडने सडकको कालोपत्रेले त्यस भेगका सर्वसाधारणको राजमार्ग सम्मको पहुँच सहज बनाएको छ भने त्यस भेगमा रहेको खोला नदीको कटान र डुबानको समस्या समाधानका लागि समेत नदी तटबन्धनको कार्यले स्थानीयहरुलाई ठुलो राहत पुगेको छ । त्यस भेगको प्रमुख समस्या भनेकै खोला नदी हो , जनताको तटबन्धन कार्यक्रम मार्फत ठाउँ ठाउँमा नदी नियन्त्रणको योजना धमाधम कार्यन्वयन भइरहेको छ– सांसद साँवाले निष्कर्ष न्यूजसंग भने – अब क्षेत्र नं ४ बासीले साँच्चिकै बिकास र समृद्धिको अनुभूती गर्नेछन ।
उनले सो क्षेत्र अन्तर्गतको तत्कालिन महाभाराको होक्कलबारी र कोरोबारीको आमगाछीमासहित जनताको तटबन्धन कार्यक्रमका लागि ८ करोडको योजना कार्यन्वयन भइरहेको बताए ।
उत्तर दक्षिण सडकमा सतासीधामदेखि झिलझिले , धौले चोक– हवल्दार चोक जनता चोक हुँदै होक्कलबारी सडक कालोपत्रेको योजना पनि प्रदेश सरकार मार्फत कार्यान्वयन भइरहेकोले अब त्यसभेगका नागरिकहरुले कालोपत्रे बाटो हिंडन पाउने छन । गौरीगञ्ज १ का विष्णु राजवंशीले सो क्षेत्रमा भइरहेको सडक कालोपत्रेको योजनाले त्यहाँका नागरिकहरुलाई बिकास र समृद्धिको अनुभूति दिलाएको बताए ।

सोही क्षेत्रमा पर्ने हुलाकी मार्ग अन्तर्गत किस्नी खोलादेखि कन्काई सम्मको खण्ड यसै बर्ष कालोपत्रे हुने सांसद साँवाले दाबी गरे । अन्यत्र हुलाकी मार्गमा छिटफुट अवरोध भएपनि हाम्रो क्षेत्रमा कुनै किसिमको अवरोध छैन, यसै बर्ष किस्नीदेखि कन्काई सम्मको खण्ड कालोपत्रे हुनेछ – सांसद साँवाले भने । सोही क्षेत्रमा पर्ने भारतीय दशगजा सम्म जोडिएको केर्खा क्याम्पा कुञ्जीबारी बोर्डर सडकको हाम्रो चोकदेखि भन्सार हुँदै भारतीय दशगजा क्षेत्र ( बोर्डर आउट पोस्ट ) सम्मको खण्ड सडक कालोपत्रेका लागि डिपीआर भइसकेकाले आगामी बजेटमा सो सडक कालोपत्रेको योजना समावेश हुने सांसद साँवाले जानकारी दिए ।
बजेट निर्माणको क्रम चलिरहेको छ, हामीले हाम्रो तर्फबाट त्यो सडक कालोपत्रेको योजनालाई समावेश गर्ने सुनिश्चित गरिसकेका छौं– साँवाले भने – अब हाम्रो क्षेत्रको बिकास कुनै हालतमा रोकिदैंन । त्यसैगरी शहरी बिकास मन्त्रालयको १ करोडको लागतमा धरमपुर पाँचगाछी सडक, ५० लाख रुपैयाँको लागतमा दोमुखा–चिल्लागढ सडक, ५० लाख रुपैयाँमा नै मिलन चोक चिल्लागढ सडक, सम्झना चोक–सुन्दरपुर सडक, १ करोडको लागतमा बैगुन्धुरा – पाँचगाछी सडक र २ करोड ५० लाख रुपैयाँको लागतमा बैगुन्धुरा बजार बिकासको योजना कार्यान्वयनमा रहेको जनाइएको छ ।

संघीय सरकारको तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत गौरीगञ्ज १ को भन्सार बजारमा पूर्वाधार निर्माण कार्य सकिएको छ भने झोलुङगे पूलले साविकको महाभारा गाविसको वडा नं , ७, ८ र ९ तथा पाँचागाछीको रंगियाथान सम्मका नागरिकहरुलाई सहज बनाएको छ ।

शिवसताक्षीमा नगर चक्रपथ
शिवसताक्षी नगरपालिकाको सम्पूर्ण भूभागलाई जोडने नगर चक्रपथ निर्माणको योजनासरकारको केन्द्रिय बजेट तथा कार्यक्रममा समावेश गरिएको छ । सरकारले यो योजनालाई रणनीतिक सडकका रुपमा बिकास गर्न २५ करोड रुपैयाँ बजेटको व्यवस्था गरेको सांसद साँवाले बताए ।
शिवगञ्ज बजार पूर्व प्रहरी चौकीदेखि धरहरा–हल्दार चोक– कमल बनियानी माङहिम– हिमाली स्कूल, जनसेवा आधारभुत बिद्यालय–बिकास चोक हुँदै प्रगति चोक–धरमपुर मंगलबारे हुँदै क्याम्पास्थित पूल सम्मको भागलाई शिवसताक्षी नगर चक्रपथका रुपमा बिकास गर्ने योजना कार्यान्वयनमा रहेको भन्दै सांसद साँवाले सो सडकले त्यस भेगको बिकासमा ठुलो योगदान दिने उल्लेख गरेका छन ।

 

Facebook Comments Box