दमक/ प्रदेश एकका दुई जिल्लामा चटयाङ र करेन्टले दुई जनाको ज्यान लिएको छ । तेह्रथुम आठराइ गाउँपालिका वडा नं ४ कालिपाका ४६ बर्षीय लोकमान गुरुङको चट्याङ लागेर मृत्यु भएको हो । बुधवार साँझ साढे ६ बजे आफ्नै घरको बरण्डामा बसिरहेको समयमा पानी सँगै परेको चट्याङमा परेर घाइते भएका गुरुङको उपचारका लागि लैजाने क्रममा बाटो मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।
त्यसैगरी इटहरी १२ खनारका २८ बर्षीय साजन सरदारको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार २ बजे सोही ठाउँका नरेन्द्र जोशीको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर घाईते भएका सरदारको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Facebook Comments Box