दमक/झापामा आज थप ५० जनामा कोरोना संक्रमण पुष्ट भएको छ । २३ महिला र २७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
आज थपिएका संक्रमितहरुमा दमकका ६, विर्तामोडका १८, मेचीनगरका १०, गौरीगञ्जका ४, भद्रपुरका ५, कन्काईका २, शिवसताक्षी र बाह्रदशीका १/१ जना छन ।