दमक/ भारतको जम्भु काश्मिरबाट घर फर्किएका झापा झापा गाउँपालिका वडा नं ४ का ५७ वर्षीय एक पुरुषको आज बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको नोवेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनी विरामी भएर यहि बैशाख १२ गते भारतबाट घर फर्किएका थिए । सो लगत्तै उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो । त्यहाँ निको नभएपछि नोवेल अस्पताल लगिएको थियो । विहान ३ बजे उनको मृत्यु भएको जनाइएको छ ।

 

Facebook Comments Box