दमक । कोरोनाको नयाँ भेरियन्ट सङ्क्रमण तिब्र गतिमा फैलिएपछि दमक नगरपालिकाको स्वास्थ्य शाखाले निश्चित दायरा भित्र पर्ने सङ्कास्पद बिरामीको पिसीआर परिक्षणका लागि स्वाब सङ्कलन गर्ने भएको छ । कोरोनाको सङ्का लागेर चिकित्सकले सिफारिस गरेका , कन्ट्रयाक ट्रेसिङमा परेका र स्वास्थ्यकर्मीहरुको पिसीआर परिक्षणका लागि भोलि २१ बैशाखमा कोभिड उपचार केन्द्र बेलडाँगीमा स्वाब सङ्कलन गरिने स्वास्थ्य शाखाले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ । यो सुबिधा दमक नगरबासीका लागि मात्रै भएको पनि सुचनामा उल्लेख छ । सरकारले अहिलेसम्म सरकारी अस्पतालमा पुगेर चिकित्सकले सिफारिस गरेका बिरामीको लागि मात्रै यो सुबिधा दिदै आएको छ । त्यस्तो सुबिधा झापाको मेची अस्पतालमा मात्रै थियो । कोरोनाको दोस्रो लहर चलिरहदा देशभरमा पहिलो पटक दमक नगरपालिकामा स्थानीय सरकारबाट यो सुबिधा उपलब्ध हुन लागेको हो ।

Facebook Comments Box