दमक । झापाको शिवसताक्षी ८ का कोरोना सङ्क्रमितको बिएन्ड्सी अस्पताल बिर्तामोडमा आज सोमबार साझ मृत्यु भएको छ । ७० बर्सिय नरप्रसाद उप्रेतीको उपचारका क्रममा साझ मृत्यु भएको उनका नातेदार प्रदिप उप्रेतीले जानकारी दिएका छ्न । उप्रेतीलाई पाँच दिन अघि उपचारका लागि काठमाडौबाट हेलिकप्टर मार्फत ल्याइएको थियो । उनलाई बचाउन आफन्त र चिकित्सकहरुले गरेको प्रयत्न असफल हुन पुगेको हो । बिएन्ड्सी अस्पताल अहिले अधिक कोरोना सङ्क्रमितहरुको उपचारका लागि ब्यवस्थित गरिएको अस्पतालमा पर्छ । आजनै सो अस्पतालमा झापा कमल ६ का अर्का एक कोरोना सङ्क्रमितलाई पनि उपचारका लागि हेलिकप्टर मार्फत ल्याइएको छ ।

Facebook Comments Box