दमक । झापामा कोरोनाको दोस्रो लहरबाट सङ्क्रमित भएका कुल ७४१ जना उपचारका क्रममा छ्न । मंगलबार १६२ जना थपिए सगै जिल्लामा दोस्रो चरणको नयाँ भेरिन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या ७४१ पुगेको हो । सङ्क्रमित हुने मध्ये ७० जना महिला छ्न । यस्तै आज थपिएकामा सबैभन्दा धेरै बिर्तामोडका ३८ छ्न । त्यस्तै दमकमा आज मात्रै १७ जना नयाँ सङ्क्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।पछिल्लो समय तिब्र रूपमा कोरोना फैलिएको गौरीगन्जमा सङ्क्रमितको संख्या ३० पुगेको छ । गौरीगन्जमा आज थपिएका वडा नम्बर ६ का भएको खुलेको गाउँ पालिकाका स्वास्थ्य प्रमुख रामचन्द्र मिश्रले जनाए । गौरीगन्जमा यति ठूलो सङ्ख्यामा सङ्क्रमित भए पनि गाउँपालिकाले संचालन गरेको कोभिड अस्पतालमा एक जना पनि भर्ना भएका छैनन ।