दमक/ एक बर्ष अघि अघिल्लो चरणको कोरोना संक्रमण तिब्र हुँदा शहरमा बसोबास गर्ने धमाधम कोरोनाबाट बच्न भन्दै गाउँ फर्किएका थिए । तर गएको चैत्रदेखि फाट्टफुट्ट रुपमा शुरु भएको संक्रमणको दोस्रो लहर चलिरहँदा अहिले के शहर के गाउँ चौतर्फी कोरोनाले डेरा जमाइसकेको छ । झापाको सबैभन्दा दुर्गम मानिएको क्षेत्र झापा गाउँपालिकाको वडा नं ४ मा त यसै साता दुई जना संक्रमितको ज्यानै गयो । सो गाउँपालिकामा दिनहुँ संक्रमित थपिने क्रम उस्तै छ ।
गौरीगञ्जमा हिजो मात्रै १७ जनामा कोरोना पोजिटिभ देखिएको रिपोर्ट बाहिर आयो ।
पूर्व शपश्चिम हाइवेबाट ३० किलोमिटर दक्षिण पश्चिमको यो पालिकामा अहिले सम्म संक्रमितको संख्या ३१ पुगिसकेको छ ।
अझ यो पालिकाको १ नम्बर वडा साविक महाभारामा मात्रै सक्रिय संक्रमितको संख्या २० जना नाघिसकेको छ । गाउँपालिकाले ८० जनाको स्वाव संकलन गरेर परिक्षणका लागि पठाएकोमा १७ जनाको रिपोर्ट पोजिटिभ आयो । यो अवस्था कमल गाउँपालिकामा पनि उस्तै छ । बिहिबार मात्रै कमल गाउँपालिकाका २२ जनामा एकैसाथ संक्रमण देखियो । ति संक्रमतिहरु वडा नं २, ३ , ५, ६ र ७ का हुन । ति वडाका ९ महिला र १३ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयको रिपोर्टमा उल्लेख छ । यो गाउँपालिकामा संक्रमणकै कारण एक महिलाको साता अघि मृत्यु भएको थियो ।

Facebook Comments Box