दमक/ झापाको दमकमा आज शुक्रबार थप २० जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार ६ महिला र १४ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
झापामा अहिले सक्रिय संक्रमितको संख्या १ हजार २ सय नाघेको छ । आज सम्ममा कूल १ हजार २ सय ३ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी संक्रमणका कारण आज दमक –३ की एक जना र गौरादह ४ की एक जना महिलाको ज्यान गएको छ । गौरादहकी महिलाको एडभान्स अस्पताल दमकमा र दमककी महिलाको कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको हो । यससंगै झापामा कोरोना संक्रमित मृतकको संख्या १४६ पुगेको छ ।