मोरङ / सस्तो औषधीलाई महंगो औषधीको स्टिकर टाँसेर बिक्री बितरण गर्ने औषधी व्यवसायी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर ४ स्थित साथी मेडिकल औषधी पसलका सञ्चालक विराटनगर १० अशोक चोकका २६ बर्षीय सोनु आलम र विराटनगर १६ रानीका २३ बर्षीय श्रवण कुमार यादव रहेका छन् ।

शुक्रबार दिउँसो बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आलमले सञ्चालन गरेको साथी मेडिकल औषधी पसलमा खानतलासी गर्दा स्टासेफ नामक औषधी ४ बट्टा (सिसी) र च्झमभकष्खष्च नामक औषधी १ सिसी फेला पारेको हो । आलमले स्टासेफ औषधी ९० रुपैयाँमा खरिद गरेर च्झमभकष्खष्च औषधीको नक्कली स्टिकर टाँस गरी ८ हजार सम्ममा बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


उनले सो औषधीमा टाँस्ने स्टिकर भारतको पटनाबाट आयात गरी ल्याएको पनि खुलेको छ । सो कार्यमा संलग्न अर्का यादव भने यस अघि २०७७ साल कार्तिक २५ गते विराटनगर ११ बसपार्क नजिक रातो भाले होटलमा लागूऔषध सम्बन्धिको कारोबारमा संलग्न भएको र अनुसन्धानको क्रममा फरार भएका प्रहरीको दाबी छ ।  यादवलाई शुक्रबार विराटनगर १६ रानी आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका आलमलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको छ । यादवलाई लागूऔषध र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Facebook Comments Box