दमक/ विभिन्न ग्यारेजमा खाली अवस्थामा राखिएका १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएर रिफिलका लागि सम्बन्धिन डिलरमा पठाएको छ । प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर भेला पारेर अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाईएको हो ।


गत बुधबारदेखि शनिबार सम्ममा ईलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काँकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर जम्मा गरेको हो । जम्मा गरिएको सिलिण्डरहरु रिफिल गर्नको लागि कपुरी ट्रेडर्सलाई १२१ वटा र मातृ ट्रेडर्सलाई १२ वटा जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो सिलिण्डरहरु प्रहरी कार्यालयहरुले आ–आफ्नो एरियामा पर्ने ग्यारेजहरु सगुन ग्यारेज, तुलसी ग्यारेज, हस्लेन चेक ग्यारेज, पाथिभरा ग्यारेज, स्माल ग्यारेज, ओम साई अटो ग्यारेज, राजिब ग्यारेजसंग समन्वय गरी जम्मा गरेको थियो । सिलिण्डरहरु रिफिल गरेर आवश्यकता अनुसार कोभिड अस्पतालहरुलाई आपुर्ति गर्ने व्यवस्था मिलाउने प्रहरीले जनाएको छ ।

Facebook Comments Box